विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको दोस्रो बैठकले तेह्रथुमका लक्ष्मण तिवारीलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेबारी दिएको छ ।

कोशी प्रदेशका पूर्वमन्त्री समेत रहेका तिवारीलाई प्रचार विभाग सगैं प्रदेश प्रवक्ताको जिम्मेवारी समेत दिइएको हो।

यस्तै बैठकले विभिन्न विभागका प्रमुख र संगठनका इन्चार्जहरु समेत तोकेको छ । साथै प्रदेश कमिटिमा ११ जनालाई मनोनित समेत गरेको छ ।

बैठकले ३८ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।