काठमाडौं / एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय सल्लाहकारमा सुशान्त (मिक्कि) सुवेदी, आशिष् अधिकारी र दीपक पराजुली मनोनीत भएका छन् ।
मोरङको विराटनगर निवासी दुवै जना पर्थमा रहेर विभिन्न सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्नुहुने सुवेदी र पराजुली सल्लाहकारमा मनोनीत हुनुभएको एनआरएन वेसर्टन अस्ट्रेलियाका यूथ कोडिनेटर मनिष सिग्देलले जानकारी दिनुभयो ।
यस्तै काठमाडौँ निवासी अधिकारी समेत अस्ट्रेलियामा रहेर सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । सबैलाई सफल कार्यकालको शुभकामना दिनुहुँदै सिग्देलले वहाँहरूको सहकार्यमा अस्ट्रेलिया रहेका नेपालीहरूको हितको लागि थप काम गर्न हौसला मिल्ने अपेक्षा गरिएको छ । पराजुली नेपाली जन सम्पर्क समिति पश्चिम अस्ट्रेलियाको पूर्व सभापति हुनुहुन्छ भने पर्थ निवासी सुवेदी सफल व्यवसायी र सामाजिक अभियन्ता हुनुहुन्छ ।
एनआरएनए अस्ट्रेलियामा तिन जना अत्यन्त ऊर्जाशील एवम् सामाजिक अभियन्ताको रूपमा काम गदै आउनु भएकाहरूलाई सल्लाहकारमा मनोनीत हुँदा सबैलाई सुखी महसुस भएको नेप्लीज एसोसिएसन अफ वेसर्टन अस्ट्रेलिया नवाका कार्यकारी सदस्य समुन्द्र पुरीले जानकारी दिनुभयो ।


