सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसले क्याम्पस सञ्चालक परिषदको सत्राैं बैठकको अवसर पारेर विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।
क्याम्पसमा स्थापना भएको अक्षयकोष , दाता तथा विभिन्न संघसंस्थाहरूको सहयोगमा साेमवार क्याम्पसले १७४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हाे । १३ लाख ४० हजार बराबरको छात्रवृत्ति वितरण गरेको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताए ।
उनले क्याम्पसले हरेक वर्ष विद्यार्थीहरूलाई अक्षकोष तथा विभिन्न संघसस्थाहरूको सहयोगमा छात्रवृत्ति वितरण गर्दै आइरहेको उल्लेख गरे । छात्रवृत्ति वितरण कार्यक्रम क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा छात्रवृत्ति वितरण कार्यक्रमका संयोजक ललितबहादुर श्रेष्ठको सभापतित्वमा भएको थियाे ।


