विराटनगर / सामाजिक रुपान्तरण लागि महिला नेतृत्व, न्याय समान्ता र पर्यवरणीय अधिकारको सुनिश्चिता सामाजिक रुपान्तरणसहितको दिगो बिकासमा निश्चितता“ भन्ने मुल नाराका साथ कोशी प्रदेश महिलावादी महिला मञ्चको कार्यक्रम सुरु भएको छ ।
आइतबार विराटनगरमा आयोजनागरिएको कोशीप्रदेश स्तरीय महिला सम्मेलन मंसिर ११÷१२ गते २ दिन सम्म कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा महिला अधिकारको बिषयमा कार्यपत्र प्रस्तुति गरेको थियो । लैंगिक हिंसा र यौन हिंसाको बिषयमा कार्यशाला , महिला र श्रमको बिषयमा अन्तरक्रिया, वैदेशिक रोजगारी बाट फर्किएका महिलाहरुको बिषयमा कार्यशाला , यौन श्रम र असंगठित क्षेत्रमा कार्यरत महिलाहरुको अवस्था बिषयक कार्यशालाहरुका बारे पनि विभिन्न क्षेत्रका प्रतिनिधिहरुले कार्यक्रम पहिलो सत्रमा चर्चा गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशको १४ वटै जिल्लाका १३७ वटा पालिका बाट निर्वाचित महिला जनप्रतिनिधिहरु , महिला मानवअधिकारकर्मीहरु गरेर लगभग ३५० जनाको सहभागिता रहको थियो । उक्त कार्यक्रमको उद्घाटन कोशीका मुख्य मन्त्री केदार कार्कीले गर्नु भएको हो ।
कोशीप्रदेशकामुख्यमन्त्री केदार कार्र्कीले महिलाहरुले आफ्नो अधिकार पहिचानगर्न नसक्दा सधै विभेद र अवहेलनामा पर्ने गरेको बताउनु भयो । घर बाटै शिक्षा र संस्कार दिन सके महिलाहरुलाई विभेदबाट जोगाउन सकिने धारणा राख्नु भयो । उनले महिलाहरुले आफ्नो अधिकारका लागिआफुले पनि संर्घष गर्नुपर्ने बताए । उनले महिलाको हातमा नै सवै थोक छ महिलाहरु ठुलो ठुलो पदमापुगेका छन् तर पनिमहिलाहरुसंधै पछि हुनु परेको समेत वताउनु भयो ।
विभिन्न गैरसरकारी संघ संस्थाहरुको सहयोगमाआयोजनागरिएको सो दुई दिने महिला सम्मेलनमा न्याय, समानता र पर्यावरणमा महिलाको भूमिकाबारे छलफल हुने बताइएको छ । कार्यक्रमका सहभागिहरुले संविधानले नै महिलाहरुको कानुनीहक सुनिश्चित गरेको भएपनिकानुनहरु कार्यान्वयननहुँदा राजनैतिकअधिकार समेत खोसिने गरेको धारणा व्यक्त गरे।

कार्यक्रमलाई सहज ढंगले प्रस्तुत हुँदै गएको जिकिर गर्दै कार्यक्रमका अध्यक्ष समेत रहनु भएको महिला मानव अधिकार रक्षकहरुको राष्टिय सञ्जाल अध्यक्ष श्याम कुमारी साहले कार्यक्रमलाई सभ्य र भब्य बनाउन सम्पुर्ण उपस्थितिहरुलाई अनुरोध समेत गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता महिला मानव अधिकार रक्षकहरुको राष्टिय सञ्जाल अध्यक्ष श्याम कुमारी साह हुनुहुन्थ्यो भने प्रमुख अतिथि कोशी प्रदेश मुख्य मन्त्री केदार कार्कीको थियो भने, अतिथि प्रदेश सभा सदस्यहरु, कोशी प्रदेशका पालीकाहरुका जननिर्वाचित महिला प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मानव अधिकार वादी, सघ सस्थाका प्रतिनिधि लगायतको उपस्तिथिमा खुल्ला सत्र अन्तर्गतको कार्यक्रम सप्पन्न गरेको थियो


