सुनसरी / इटहरी - २ की लक्ष्मी राई लिम्बुको घर केही महिना अघि जंगली हात्तीले भत्काएपछि अहिले नेपाल तरुण दल सुनसरीलेदुई कोठाको घर बनाएर हस्तान्तरण गरेको छ ।
साना तीन जना बालबच्चा सहित बस्दै आएको घर हात्तीले भत्काइ दिएपछि विचल्नीमा परेकी लक्ष्मीको परिवारका लागि नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरूङको अगुवाईमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।
हात्तीले घर भत्काइ दिएकी लक्ष्मीलाई तरुण दलको तर्फबाट ६ लाख बढीको खर्चमा दुई कोठाको घर बनाएर हस्तान्तरण गरिएको नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले बताए ।
उनले लक्ष्मीको घर निर्माण विभिन्न व्यक्तिहरुले सहयोग गरेको र सहयोग गर्नेहरुलाई आभार प्रकट गरे थिए ।
हात्ती घर भत्काएपछि खुल्ला ठाउँमा बस्दै आएको समयमा पक्का घर बनादिएकोमा नेपाल तरुण दल सुनसरीका सभापति गुरुङको लक्ष्मीले खुलेर प्रशंषा गरेकी छन् ।
उनले दुख पाएकाहरुलाई यस प्रकारको सहयोग गर्ने गुरुङ आफुहरुका लागि सरकार जतिकै भए वताइन् ।
लक्ष्मीको परिवारका लागि घर वनाउने काममा विभिन्न व्यक्तिहरुले सहयोग उपलव्ध गराएको तरूण दल सुनसरीका सभापति गुरुङले बताए ।


