इटहरी । महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै इटहरी लेडी जेसिजले आफनो २२औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका शारदा दिदीको प्रमुख आतिथ्य तथा इटहरी लेडी जेसिजकी वर्ष २०२३की अध्यक्ष सुमित्रा भट्टराईको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो ।
स्थापना दिवसका अवसरमा विगत देखि नै सफल संघषशील महिलालाई सम्मान गर्दै आएको झै यस वर्ष पनि एकल तथा संघषशिल महिला इटहरी उपमहानगरपालिका वडा नम्बर ४ की सिता श्रेष्ठ गौतमलाई नगद सहित सम्मान गरियो ।
त्यसै गरी पत्रकारिताका माध्यमबाट सामाजिक विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै पत्रकार कृष्ण भट्टराई जुनेलीलाई समेत सम्मान गरियो । 
इटहरी क्षेत्रमा शिक्षा ,स्वास्थ्य , लगायतका सामाजिक कार्यमा समेत सक्रिय सहभागिता जनाउदै आएको इटहरी लेडी जेसिजमा आवद्ध महिलाहरु विभिन्न क्षेत्रमा नेतृत्वदायि भुमिकामा रहदै आएका छन । 


