भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
संघिय सरकारको बजेट र गाउँपालिकाको बजेट मार्फत प्रशासनिक भवनको आज बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् ।
संघिय सरकारको ६० प्रतिशत बजेट र गाउँपालिकाको ४० प्रतिशत बजेट मार्फत भवन निर्माण गर्ने योजना रहेको अध्यक्ष राईको भनाई छ । भवन नहुँदा समस्या रहेदै आएकाले नयाँ भवन निर्माण पश्चात सेवा प्रवाहमा सहजता हुने गाउँपालिका अध्यक्ष राईले बताए ।
भवनको निर्माण यहीँ मंसिर भरिमा सञ्चालन हुने उहाको भनाइ छ । भवनको निर्माण अवधि दुई बर्ष रहेकाले भवन निर्माण गर्ने समान ल्याउने बाटोका कारण केही समस्या नभए छिटै भवनको निर्माण सम्पन्न गर्ने उहाको भनाइ छ । 
“प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या छ”अध्यक्ष राईले भने,“नयाँ भवनको निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा थप सहजता हुनेछ" । भवनलाई समयमा सम्पन्न गराउन गाउँपालिकाले पनि आवश्यक भूमिका खेल्ने उहाको भनाइ छ ।
चार तले प्रशासनिक भवन भ्याटसहित सात करोड ५० लाख ४४ हजार १३७ रुपैँया लागतमा निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश निरौलाले जानकारी दिए ।
“गाउँपालिकाको भवन प्रशासनिक भवनको शिलान्यास भएको छ” प्रशासकिय अधिकृत निरौलाले भने,“भवनको निर्माण अवधि दुई वर्ष रहेको छ ।”भवन निर्माणको जिम्मा पिएमके कि वेस्ट जेभी काठमाण्डौले लिएको छ । 


