इटहरी / इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोक नजिकै घर भएका २६ वर्षीय रविन खड्कालाई हात्तीले किचेर उनी सदाका लागि विदा भएका छन् ।

उनलाई बुधबार राति करिब ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो । हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बत्ती बालेर हात्ती धपाउने क्रममा हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ । स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको संख्यामा हात्ती आउने गरेको स्थानीय राजु बस्नेतलृ बताए ।

आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने उनले बताए । मृत्यु भएका पीडित परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ दिने भएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पीडित परिवारको घरमा पुगेर एक लाख रुपैयाँ दिने बताएका छन् । उनले हात्ती नियन्त्रण गर्नका निम्ति आफूहरूसँग कुनै सयन्त्र नभएको बताउँदै साइरन जडान, बत्ती जडानजस्ता कुरामा भने उपमहानगरले काम गरिरहेको बताए ।