इटहरीः  इटहरीको कम्युनिष्ट आन्दोलनमा अभियान्ता तथा जेष्ठ नागरिक समाज नेपाल इटहरीका संस्थापक अध्यक्ष स्वर्गीय केवलमान बिष्टको स्मृति दिवसको अवसरमा केवलमान बिष्ट स्मृति प्रतिष्ठान इटहरीले पाँच जना स्रष्टालाई सम्मान गरेको छ । इटहरीको चिया चौतारीमा सनिबार आयोजित एक कार्यक्रमका विच प्रतिष्ठानले बिभिन्न क्षेत्रमा योगदान गर्ने पाँच जनालाई कोशी  प्रदेश का मन्त्री कमल जबेगूले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।  

IMG_20231202_125313

केवलमान बिष्ट स्मृति प्रतिष्ठानद्धारा सम्मानित हुनेहरुमा खेलकुदका क्षेत्रमा योगदान पुर्याएको भन्दै ममता राइ, साहित्य क्षेत्रमा योगदान गर्ने गायत्री लम्साल, गीत संगीतमा योगदान गर्ने . सत्यनारायण चौधरी, पत्रकारितामा योगदान गर्ने दिपक कार्की , समाजसेवामा योगदान गर्ने संस्था जिवन बिग्यान इटहरी त्यस्तै पत्रकार पिबि दिवालि स्वास्थ्य लाभको कामना गर्दै नगद १५००० सहित सम्मान गरिएको थियो । 

IMG_20231202_123644

कार्यक्रममा सत्यनारायण चौधरी र गायत्री लम्सालले आफ्नो कला प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष रमेश कुमार बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा केवलमान बिष्टको योगदानका बिसयमा जेष्ठ नागरिक खगेन्द्र निरौला बोलेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक कोशी प्रदेश अध्यक्ष पुन्य प्रसाद न्यौपाने बिष्ट परिवारका सदस्य साथै सामाजिक व्यक्तिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

IMG_20231202_123655