मोरङ / मोरङको बेलबारी नगरपालिका - ४ मा रहेको बेतना सिमसार सामुदायिक बन समुह खारेज गर्न स्थानीयले माग गरेका छन ।

शनिबार बिहान बेतना सिमसारमा भेला भएका स्थानीयले सो माग गरेका हुन । बेतना सिमसार सिँचाई संघर्ष समितिका संयोजक रहेका मनिकुमार लिम्बुले साथ दलीय संयन्त्र हुँदै राजनीतिक दलको निर्देशनमा बनेको र सञ्चालन भईरहेकोब न समुह तत्काल खारेज हुनुपर्ने माग गरेका छन् ।

चरम बेतिथि र राजनीतिका कारण बेतना सिमसार राजनीति गर्ने थलोका रुपमा मात्र बिकास भएको र स्थानीयलाई उपेक्षा गरिएको भन्दै उनले तत्काल यो समिति मात्र नभएर बन समुह नै खारेज हुनुपर्ने बताए । 

संघर्ष समितिका सञ्चार संयोजक सुजित बस्नेतले बेलबारीमा राजनीतिक दलका खोल ओढेका केही ब्वाँसाहरुले बेतना सिमसारमा राजनीति गदाृ यो अबस्था आएको भन्दै आक्रोश पोखे । उनले सदस्यहरुलाई समेत जानकारी नदिई लुकेर साधारणसभा गर्न खोजिएको भन्दै त्यो गरिए हजारौँ सदस्यका सदस्यता कार्ड सहित अदालत जाने चेतावनी समेत दिए ।

 मंसिर १६ गते गर्ने भनिएको साधारणसभा किन रोकियो ? सदस्यहरुलाई किन जानकारी गराइृएन ? किन सुचना प्रवाह भएन ? भन्दै उनले प्रश्न समेत गरेका छन । संघर्ष समितिले ११ दिनअघि बेतना सिमसारको कार्यलयमा लगाएको ताला अझै खुलेको छैन । संघर्ष समिति सहित स्थानीयले बेतना सिमसारमा राजनीतिक हस्तक्षेप  बन्द गर्न र स्थानीयको अधिकार सुनिश्चित गर्न माग गर्दै आएका छन ।