इटहरी । शलिको सगरमाथा लुम्विनी इन्सुरेन्स कम्पनीले जीवन विमा अभिकर्ताहरुका लागि सञ्चालित चार दिने तालिम समापन भएको हो ।
विमा लेख , विमा ऐन लगायतका विमासंग सम्वन्धीत विभिन्न विषयवस्तुहरुका विषयमा सहजिकरण गरिएको तालिम समापन भएको हो ।तालिममा शलिको सगरमाथा लम्बिनी इन्सुरेन्सका मानव संशाधन प्रमुख शशीधर शर्मा लगायतले सहजिकरण गरेका थिए । तालिममा कोशी प्रदेशका विभिन्न ठाउँका ३६जना विमा अभिकर्ताहरुको सहभागिता रहेको शलिको इन्सुरेन्सका सुनसरी प्रमुख नेत्र पौडेलले जानकारी गराए । इटहरीमा प्रदेश स्तरीय विमा लक्षित विभिन्न किसिमका तालिम सञ्चालन हुदै आएका छन । 


