संखुवासभा / संखुवासभाको मादी नगरपालिकामा प्रथम ल्होसार कप नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नव सृजना प्रगतिशील युवा क्लबले पौस १२ गतेदेखि मादीको वडा नम्बर ७ बाघामा प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
गुरुङ समुदायको विशेष पर्वको रुपमा रहेको तमु ल्होसार, पुर्वी पहाडी जिल्लाहरुमा, विभिन्न कार्यक्रमहरु गरी, मनाइदै आएको छ ।
तमु ल्होसारको अवसरमा आयोजन गर्न लागिएको फुटबल प्रतियोगितामा प्रतियोगिताको विजेता टोलीले नगद रु १ लाख ११ हजार १ सय एघार हात पार्नेछ । दोस्रो स्थान हाँसिले गर्ने टोलीले ६६ हजार ६ सय ६६ सेमिफाइनल पुग्ने अन्य दुई टोलीलाई प्रति टोली २० हजार नगद प्रदान गरिने आयोजकद्वारा जानकारी गराएको छ । नगर बाहिरका खेलटाेलीलाई यातायात खर्च वापत प्रति टोली रु ५ हजार उपलब्ध गराइने जनाइएको छ । फाइनल खेल पौस १५ गते तमु ल्होसारको दिन सम्पन्न गराउने तयारीका साथ आयोजना अघि बढेको छ ।
प्रतियोगिता समापनसँगै हरेक वर्ष ल्होसारको अवसरमा आयोजना हुँदै आएको लोसार सांस्कृतिक साँझ कार्यक्रम पौस १५ गते राखिएको छ । कार्यक्रममा स्थानीय सँगै राष्ट्रिय स्तरका कलाकारको समेत सांगीतिक प्रस्तुति रहने तमु ल्होसार आयोजना समितिका कोषाध्यक्ष दाछिरी शेर्पाले बताए । शेर्पाको अनुसार कार्यक्रममा गायककारहरु सबिना योङ्हाङ लिम्बु , खुश्बु गुरुङ र थिरज राईको प्रस्तुति सुन्न पाइने आयोजकले जनाएको छ । स्थानीय कलाकारहरुले पनि नृत्य, गायनका अतिरिक्त अन्य प्रतिभाहरु प्रस्तुत गर्ने कार्यतालिका रहेको आयोजकद्वारा जानकारी गराइएको छ ।

