मोरङ / नेकपा एमाले प्रदेशसभा सदस्य विदुर कुमार लिङ्थेपले एमालेको पूर्व पश्चिम पहाडी लोकमार्गको यात्राका दौरान कार्यक्रम गर्न कसैको अनुमति लिने नपर्ने वताए ।
मंगलबार (आज) कोशी प्रदेश सभाको बैठकमा उनले बाल्दै कोशी प्रदेशमा कार्यक्रम गर्न एमालेले अनुमति लिनुपर्ने भनी चलाइएको हल्लाप्रति उनले आक्रोश पोखेका हुन् ।
पहाडी जनजीवनको वास्तविकता बुझ्ने उद्देश्यले संकल्प यात्रामा निस्केको पार्टीले शान्तिपूर्ण कार्यक्रम गर्न कुनै समुह वा व्याक्तिको अनुमति नलिने उनले स्पष्ट पारेका थिए । कैयौँ व्याक्तिहरुको बलिदान पश्चात् स्थापित संघीय लोकतान्त्रिक व्यवस्थामा पनि देशभित्र हिँड्न अनुमति लिनुपर्ने अवस्था आए वर्तमान व्यवस्थामाथि नै खतरा हुने उनको भनाइ थियो । उनले यस किसिमका गतिविधिमा प्रदेश तथा केन्द्र सरकारको समन्वय आवश्यक रहेको भनी दुई तहका सरकारलाई सचेत गराएका थिए ।
साथै देशभरबाट नै पार्टीमाथि वैचारिक तथा भौतिक प्रहार भएको कुरा पनि उनले बैठकमा उठान गरेका हुन् । पार्टी विरुद्धमा हुने हरेका प्रहारहरुको एमालेले शसक्तरुपामा प्रतिवाद गर्दै जाने उनले चेतावनी दिएका छन् । उनले भनेका छन् यात्रा अगाडी बढ्नेछ, यो यात्रा कसैको धम्कीले, कसैको आग्रहले, कसैको पूर्वाग्रहले यो यात्रा रोकिने छैन र चिवा भञ्ज्याङमा गएर समापन हुने जिकिर गरे । नेपालको नीति निर्माण यात्रा फलदायी रहने बताए । यात्रा यहि मंसिर २६ गते कोशी प्रदेश प्रवेश गर्ने कार्यतालिका रहेको छ ।


