इटहरी / द विहानी डान्स एण्ड इन्टरटेन्टमेन्टले आयोजना गरेको इटहरी डान्सिङ्ग आइडलको सिनियर तर्फ करिना गिरी र जुनियर तर्फ प्रिन्सा कुवर विजेता बनेका छन् ।

सिनियर तर्फ फाइनल राउण्डका ७ प्रतिस्पर्धी मध्ये ६ जनालाई पछि पार्दै करिनाले उपाधि जितेकी हुन भने जुनियर तर्फ १३ जनाले फाइनलमा प्रतिस्पर्धा गरेकोमा १२ जनालाई पछि पार्दै प्रिन्साले उपाधि जितेकी थिए ।

इटहरी डान्सिङ्ग आइडलमा २ सय जनाले अडिसन दिएर छनौट भएका ८८ जना विच विभिन्न चरणको प्रतिस्पर्धाबाट  २० जना फाइनल राउण्डका लागि छनौट भएका थिए । जस मध्ये सिनियर तर्फ ७ जना प्रतिस्पर्धी मध्ये करिना गिरी प्रथम , मनिस थापा द्धितीय र भुयस मिश्र तृतिय भएका थिए । त्यसै गरी जुनियर तर्फ प्रिन्सा कुवर प्रथम चाहाना राई द्धितिय र शेहेङ भुरुग तृतिय बन्न सफल भएका थिए ।

विहानी डान्स सेन्टरकी प्रनिसा उदासको संयोजकत्व तथा सस्थापक अध्यक्ष दिपक पोखरेलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियोे । प्रथम हुने सिनियर तर्फका विजेताहरुलाई क्रमशः प्रथम हुनेलाई २० हजार, ,दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार नगद सहित प्रमाण पत्रले पुरस्कृत गरिएको थियोे ।

त्यसै गरी जुनियर तर्फ प्रथम ,दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार , १०हजार र ५ हजार नगद सहित प्रमाण पुरस्कार दिएको थियोे । सो कार्यक्रममा राजु केसी , प्रदिप रेग्मी , गणेश दुलाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।