बेलबारी / ट्रयाक्टरबाट लडेर गम्भिर घाईतेभ एका मोरङको बेलबारी ४ का ५० बर्षिय अलकछन चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
मंसिर १४ गते साँझ बेलवारी ४ धरहरामा गिट्टी लोड गरेको को २ त ८१२० नम्बरको ट्याक्टरमा काम गर्ने चौधरी ट्याक्टरको टलीबाट लडि घाईते भएका थिए । उनलाई बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भईरहेकोमा बिहिबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक बेलबारी ५ का ३५ बर्षिया मनोज खवास तत्काल फरार भई खोजी कार्य जारी रहेको र ट्याक्टर नियन्त्रणमा लिइ प्रहरी पोष्ट सोमबारेमा राखिएको प्रहरीले जनाएको छ ।


