सिताराम चन्द्रवंशी बेलका नगरपालिका वडा राजमार्गको कोशी पुल देखि ९,८,३,४,५,र यो मदन भण्डारी राजमार्ग अन्तरगत कोशी पुल देखि आम्बासी सम्मको बेलाका खण्ड भएको सडकको अवस्था हो। अहिले ठाउँ ठाउँमा सडकमा खाल्डो परेर सवारी आवतजावतमा नै समस्या भएको छ ।

सडकमा भएको खाल्डाखुल्डीका कारण दिनहुँ सडक दुर्घटना भैइरहेको र धेरै ज्यान समेत गएको छ । हाल  लामा लामा दुरिका गाडीहरू जस्तै हायस र बालबहाक ट्रकहरु पनि र विशेष गरि धरान,इटहरी र विराटनगरका अस्पतालमा बिरामी लाने एम्बुलेन्स हिड्ने बाटो भएकाले चाडो भन्दा चाडो मर्मत गरिनु पर्ने भनी नेकपा एमाले वेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेतले गुनासो पुखेका छन् ।

मदन भण्डारी राजमार्गको वेलका खण्डमा भएको सडको दुर्गती यस्तो छ । सम्बन्धि सरोकारवालाको ध्यानाकर्षण भएको छैन । बर्सेनि करोडौं रकम सडक मर्मतमा सकिन्छ कामनै नगरी सडकको यो हालतले दिनहुँ दुर्घटना भएका छन। धेरैले ज्यान गुमाउनुपरेको छ तर स्थानीय सरकार मौन छ, नदेखेर होइन । देखेर पनि वास्ता नगरेको हो। सडक विभाग शाखा कार्यालय लाहान र प्रदेश पुर्वाधार महाशाखाका इटहरी संग कुरा भा छ तर नगरपालिकाको समन्वयमा काम हुने भएकाले तत्काल वेलका नगर सरकारको ध्यानाकर्षण होस् ।IMG_20231209_090132