सुनसरी / भ्वाईस अफ चिल्ड्रेन सुनसरीद्वारा लैङ्गकि हिंसा विरूद्वको १६ अभियानको उपलक्ष्यमा आत्म -निर्भर समूह स्थापना दिवस कार्यक्रम गरेको छ । 

स्थानीय व्यक्तिलाई जनचेतना जगाउने उदेश्यले लैङ्गकि हिंसा विरूद्वको १६ अभियानको उपलक्ष्यमा भ्वाईस अफ चिल्ड्रेन सुनसरीद्वारा देवानगञ्ज गाउँपालिका १ मा रहेको सामुदायिक भवनमा आत्म -निर्भर समूह स्थापना दिवस कार्यक्रम गरेको छ । 

र्यालीमा महिला हिंसा अन्त्य होस , महिला माथि हुने विभेद अन्त्य गरौं , महिला पुरूष समान व्यवहार गरौं , महिला पनि समाजका व्यक्ति हुन् लगाएतका नारा लगाएर र्याली गरिएको थियोे ।

र्याली कार्यक्रम पछि एक कार्यक्रम आयोजना गरि देगानञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख अतिथि ,देगानञ्ज गाउँपालिकाका उपाध्यक्ष  कुमारी बिघा यादवको विशिष्ट अतिथिमा आत्म -निर्भर समूह स्थापना दिवस कार्यक्रम गरिएको थियोे । IMG_20231210_195759

कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेनले स्थानीय बालबालिका , स्थानीय व्यक्ति दिएको शिक्षा ज्ञान कस्तो भयो भनी आफुले लिएको शिक्षाको बारेमा जानकारी, विभिन्न तालिमको बारेमा जानकारी दिएका थिए ।

आत्म निर्भर पद्धति परियोजनाले सिमान्तकृत, सेवा सुविधाबाट बान्चित, जोखिम अवस्थामा रहेको समुदायका महिलाहरु सँग गरेको कृयाकलाप र उपलब्धिहरू बारेमा  स्थानीय निकाय सरोकार वाला र सेवाप्रदायक संघसंस्थाहरूलाई जानकारी गराउनु भ्वाईस अफ चिल्ड्रेनका प्रमुख उदेश्यहरूका भ्वाईस अफ चिल्ड्रेन सुनसरीका संयोजक भरत थापाले बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्ले गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले भ्वाईस अफ चिल्ड्रेनका प्रत्येक संस्थालाई गाउँपालिका मार्फत १ लाख दिने समेत बताउनु भयो ।IMG_20231210_195841

भ्वाईस अफ चिल्ड्रेनले देवानगञ्ज गाउँपालिकामा २०७४ सालदेखि महिला , बालबालिका , जेष्ठ नागरिकलाई क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम गर्दै आएकोमा आफू खुसि भएको गाउँपालिकाका उपाध्यक्ष कुमारी भिगा यादवले बताउनुभयो ।

सो कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेन देवानगञ्जका कार्यक्रम अधिकृत सम्झना चौधरी , भ्वाईस अफ चिल्ड्रेन देवानगञ्जका सदस्य रमिता पासवन (खुसि) ,दुर्गी पासवान (चमेली ), बाल सञ्चाल सुनसरीका बालबालिका ,गाउँपालिकाका बाल बिकास शाखाका कर्मचारी र स्थानीय व्यक्ति दुई सय बढिको सहभागीता रहेको थियोे । IMG_20231210_195712