इटहरी / इटहरी २ मा रहेको संगीत साधना प्रतिष्ठान नेपालमा वरिष्ठ कवि तथा गीतकार आनन्द अधिकारीको उपस्थितिमा अन्तरङ्ग सांगीतिक कार्यक्रम भएको छ ।

कवि तथा गीतकार आनन्द अधिकारीको उपस्थितिमा मानिसहरू भेला भएर सभाहलमा मधूरो संगीत  गाएर मनोरञ्जन गरिएको थियोे । उनले साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूको सम्झना गराएका थिए । उनले संगित साधना बालबालिका लागे भविष्य राम्रो देखिने बताए ।

खोटाङका प्रदिप राई , इटहरीका कलाकार रिदम डाँगि,  बाल गायिका प्राप्ती पोखरेल, वेनिसा परियार , कुसुम कार्की ,अंकुर भट्टराई ,संगित कर्मी विद्यार्थी  लगायतले विभिन्न गितहरु प्रस्तुत गरेका थिए ।

संगित साधना प्रतिष्ठान नेपाल इटहरीले विभिन्न विधामा ७० जना बालबालिकालाई गित संगित सिकाउदै आएको संगीत साधना प्रतिष्ठान नेपाल इटहरीका महासचिव राजु केसीले बताए । 

 नयाँ पुस्तामा पनि बाध्यबाधकबारे जानकारी दिने उदेश्यसँगै बाध्यबाधक उत्पादन गर्ने लक्ष्यले कार्यक्रम गरिदैँ आएको महासचिव केसीले बताए ।

संगित साधना प्रतिष्ठान नेपाल इटहरीका अध्यक्ष राम खड्काको अध्यक्ष्तामा कार्यक्रम भएको थियोे । संगित साधना प्रतिष्ठानले आयोजना गरेको इटहरी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव कोइराला, कार्यक्रममा लेखक लेखनाथ पौडेलल, इटहरीकि साहित्यकार टीका आत्रेय , नागरिक समाजका इटहरीकि अध्यक्ष बालिका खड्का,  इटहरीका संगीतकार तथा गायक राजु कार्कि , माया घर नेपाल इटहरीकि अध्यक्ष शुभद्रा प्याकुरेल ,महेन्द्र माध्यमिक विद्यालयका प्रधानध्यापक मेदनकुमार घिमिरे, शिक्षक तथा साहित्यकार प्रदिप केशी गित संगित ,साहित्य कला क्षेत्रका अग्रहहरु सहभागिता रहेको थियो ।IMG_20231211_222205