सुनसरी  / रिटर्नी फेडेरेसन नेपाल संगठन सुदृढीकरण तथा सवलीकरण अभियान चलाएको छ । 

रिटर्नी फेडेरेसन नेपाल कोशी प्रदेश कमिटी अन्तरगतका जिल्लाहरुको सङ्गठन सुदृढीकरण तथा सवलीकरण अभियानको २०८० को    उदयपुर जिल्लाको गाईघाटमा २१ गते संगठनका केन्द्रीय अध्यक्ष  उत्तम अधिकारीले उदयपुर जिल्लाबाट  शुरु गरेका थिए  ।  पहिलो चरण मा रहेका १० जिल्ला लाई २ भागमा  बिभाजन गरि  अभियान शुरु गरिएको  हो।    

२२ गतेदेखि एउटा टोलिले धनकुटा ,तेह्रथुम ,संखसभा  र अर्को  टोलिले इलाम, पाँचथर ,ताप्लेजुङ ,झापामा कार्यक्रम  गरि दुइओटा टोलि  फर्केपछि २५ गते इटहरीमा  मोरङ र सुनसरीको  संयुक्त भेला कोशी प्रदेश कमिटीको आयोजना गरि समापन गरिएको  थियो ।    

कार्यक्रममा सङ्गठनको अवस्था, उद्देश्य, महत्त्व, अबको बाटो तथा सङ्गठनले पैदा गर्ने अवसर र त्यसका लागि गर्नुपर्ने योगदान तथा निरन्तरको क्रियाशिलताको लागि अवलम्बन गर्नुपर्ने उपायहरु बारे अन्तरक्रियात्मक रूपमा छलफल भएको थियो । यो अभियानले पार्टीले संचालन गरेको झुलाघाट - चिवाभञ्ज्याङ्  समृद्धिको लागि संकल्प यात्रामा कोशी प्रदेश भरिका रिटर्नी प्रतिनिधिहरूको  उपस्थिति रहने भएको छ ।

आइतबार इटहरीमा भएको  कार्यक्रममा  संगठनका उपाध्यक्ष बिनोद भट्टराई, सालिकराम बस्याल , महासचिव जेपि सापकोटा  उपमहासचिव भरत शिवाकोटी,   प्रदेश  इन्चार्ज  नबराज श्रेष्ठ ,   प्रदेश सह इन्चार्ज मदन बोहोरा, केन्द्रिय सदस्य  रामनाथ भण्डारी , कोशी प्रदेश कमिटीका अध्यक्ष  टि एन बराल, कोशी प्रदेश उपाध्यक्ष धर्मेन्द्र खड्का    संगठनका प्रतिनिधिहरू सहभागीता रहेका थिए ।

रिटर्नीहरुको सामाजिक, आर्थिक राजनैतिक पुर्नस्थापना ,सामूहिक लगानी/पूँजी निर्माणः, प्रविधि आदान प्रदान गर्ने , वैदेशिक लगानीमाको सम्भावना ,वैदेशिक रोजगारका समस्या न्युनिकरण गर्ने , पर्यटन प्रवर्द्वन गर्ने सम्भावना रहेको छ ।

विदेशमा रहँदा टाढिएको राजनैतिक, आर्थिक, सामाजिक र पारिवारिक सम्बन्धलाई पुनर्स्थापित गर्दै आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई प्रयोग गरी उद्यमशिलता र रोजगारको क्षेत्रमा उपयोग गर्ने उद्धेश्यले अभिप्रेरितका काम गर्दै आएको रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्ष उत्तम अधिकारीले बताए ।IMG_20231212_154822