मिलन अधिकारी
संखुवासभा / प्रधानमन्त्री परियोजना कार्यान्वयन एकाई कार्यक्रम अन्तर्गत सङ्खुवासभाको मादी नगरपालिकालाई पनि सुन्तला जोन क्षेत्रका रुपमा घोषण गरिएको छ । जोन क्षेत्र घोषण भए पछि मादी नगरपालिकामा सुन्तोला उत्पादनमा वढेेको छ ।
मादी नगरपालिकाका वडा नं. ४, ५ र ६ का १४६ भन्दा बढी घर परिवार सुन्तला खेतीबाट लाभान्वित हुनेगरी सुन्तला जोन क्षेत्र घोषणा गरियो । मादी सुन्तला जोनभित्रका कृषकहरु प्रतिपरिवार सर दर एक सय बोट सुन्तला रोपेर बार्षिक दुईचार लाख आम्दानी गरिहेका छन् । मादी सुन्तला जोन क्षेत्रभित्रका कृषकहरुले अन्य जातका फलफूल बिर्सिएर, सुन्तला खेती मात्र बिस्तार गरिरहेका छन् ।
सुन्तला जोन क्षेत्रभित्र ५०० बोट भन्दा बढी सुन्तला खेती गर्नेहरुपनि रहेको छन् । सुन्तला जोनको आधुनिक तरिकाभित्रको मुख्य काम भनेको बगान व्यवस्थापन गर्ने हो । जोनले व्यवस्थापन गर्न हदसम्मको कदम चालिरहेको छ । यसबर्ष मादी सुन्तला जोनले लगभग ७५ प्रतिशत व्यवस्थापन गरेकोे कृषकले मूल्याङ्कन गरेका छन् । १०० प्रतिशत व्यवस्थापन भएपछि कृषकहरु पुर्णरुपमा लाभान्वित हुन्छन् ।
कृषकहरुले परम्परागत सुन्तला खेती गर्दा, रोग धेरै देखिने समस्या भएकाले सुन्तोला उत्पादन खासै उपलब्धि मुलक थिएन । मादी सुन्तला जोनभित्रै सुन्तलाका बिरुवा उत्पादन गरेर परम्परागत सुन्तला खेती गर्ने कृषकहरुको सामुहिक लक्ष्य निर्धारण भएको छ । सुन्तला जोन क्षेत्र बिकास कार्यक्रम व्यवस्थापन समिति गठन गरेर त्यसतर्फ होमिएका मादीका कृषकहरुले प्रदेश अनुदान कार्यक्रमबाट खाँदबारी आङ्लामा बन्न लागेको सुन्तला जोन पकेट क्षेत्र कार्यक्रमलाई मादी लगेर व्यवस्थापन गर्न सकेकोमा स्थानीय र स्थानीय सरकारलाई धन्यवादको पात्र बनाएका छन् ।
मादीमा सुन्तला जोन क्षेत्रमा दुई जना कर्मचारी कार्यरत रहेका छन् । पहिले सुन्तला पकेट कार्यक्रम चलाएको मादीले अहिले जोन घोषणा गरेको हो । जोन क्षेत्र भित्रका कृषकलाई हरेक कृषि औजार, बिऊ, बिषादी लगायतको खरिदमा ५० प्रतिश अनुदान प्राप्त हुने गरेको छ । यातायातको व्यवस्थापन भएपछि, मादी नगरपालीकाको सुन्तोलाले बजार भाउ राम्रो पाउन थालेको छ । स्थानीय सरकारको चासो, कृषकको लगातले गर्दा लाखौं रुपैयाको आम्दानी मादीको सुन्तोलाले गर्दै आएको छ । मादीको सुन्तोला, धरान,इटहरी, विराटनगर हुँदै, काठमाडौं सम्म पुग्ने गरेको छ ।


