सुन्दरहरैंचा  / इन्द्रपुर जेसिज वर्ष २०२४ को अध्यक्षमा उत्सव थापा सर्वसम्मत रूपमा निर्वाचित  भएका छन । 

 इन्द्रपुर जेसीजको  २२ औ वार्षिक  साधारणसभा बाट थापा अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन । त्यसैगरि जेसिजको कार्यकारी उपाध्यक्ष पदमा समीर बस्नेत र रमेश खतिवडा सर्वसम्मत निर्वाचित भएका छन । उपाध्यक्ष पदमा निरू बजगाई, रामप्रसाद ढकाल, अल्का सुवेदी र गोपाल दाहाल  चयन भएका छन । साथै जेसिज वर्ष २०२४ को सचिव पदमा प्रवास दाहाल र कोषाध्यक्ष पदमा दिवस रिजाल सर्वसम्मत चयन भएका छन् ।

 इन्द्रपुर जेसीजको  २२ औं वार्षिक  साधारणसभामा जेसीजका पूर्व अध्यक्ष रोहितकुमार शाहले स्थापना गरेको रामप्रसाद शाहु स्मृति  अवार्ड जुनियर जेसिज रोहन ढकाललाई प्रदान गरिएको थियो । साथै रमेश खड्का संरक्षक रहेको  डि। रत्न स्मृति अवार्डबाट खेलप्रेमी युवेद्र गुरूङलाई सम्मान गरिएको छ ।

हेमचन्द्र घिमिरे संरक्षक रहेको शिवप्रसाद घिमिरे स्मृति अवार्डबाट सुकुना माविका विद्यार्थी दुर्गा धिमाल पुरस्कृत भएका छन् ।  रामकृष्ण खड्का संरक्षक रहेको मातृका खड्का स्मृति पुरस्कारबाट शिक्षा निकेतनका विद्यार्थी सरस्वती मगरलाई सम्मानित गरिएको थियो । शिवप्रसाद ढकाल , यज्ञ ढकाल तथा शारदा ढकाल संरक्षक रहेको कृष्ण वृन्दा आउट स्टेण्डीड अवार्डबाट अजित वान्तवा पुरस्कृत भएका छन् । साथै संरक्षक नारायण कार्की रहेको नरदेवी अवार्डबाट सुमन पौडेल पुरस्कृत भए । 

 इन्द्रपुर जेसीजको साधारण सभाको कार्यक्रममा पूर्व अध्यक्ष डिल्लीप्रसाद ढकाल , कृष्णप्रसाद ओझा ,संस्थापक अध्यक्ष कृष्णबाबु ढकाल लगायतले बोलेका थिए । इन्द्रपुर जेसीज वर्ष २०२३ अध्यक्ष विना सुवेदी आचार्यको सभापतित्वमा सम्पन्न अधिवेशनमा निर्वाचन आयुक्त भवानी ढकाल  रहेका थिए ।