बेलबारी / मोरङको बेलबारीबाट रातारात ईनरुवा सरेको अस्पताल पुनः स्थापनाका लागि  बेलबारी नगरपालिकाले  पहल गर्ने बताएको छ ।

कोशी प्रदेश प्रहरी अस्पताल बेलबारी ३ को गेटमा बुधबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै सोको जानकारी दिईएको हो।

 बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले बेलबारी नगरपालिकालाई जानकारी नगराई गत सोमबार राति 'अपहरणको शैलीमा' अस्पताल ईनरुवा पुर्याईएको प्रति ध्यानाकर्षण भएको जनाएका छन्।

बेलबारी ३ मा रहेको ईलाका प्रैहरी कार्यलय बेलबारीको पुरानो भवनमा २०७९ फागुन १० गते बुधबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,प्रमुख जिल्ला अधिकारी,राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा सो अस्पताल उद्घाटन गरिएको थियो । 

अस्पताल सञ्चालन भईरहेको अवस्थामा स्थानीय नगरपालिकासँग समन्वय समेत नगरी  रातारात अस्पताल सारिएको  भन्दै बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला ) ले  आरोप लगाउनु भयो। सो सम्मेलनमार्फत उनले अस्पताल तत्काल फिर्ता ल्याउन समेत सम्बन्धित पक्षसँग अनुरोध गरेकी छिन् । पत्रकार सम्मेलनमा प्रदेश सांसदहरु ज्ञानेन्द्र सुवेदी,मानबहादुर लिम्बु,गिता तिम्सिना लगायत स्थानीय राजनीतिक दलका प्रमुखहरु सहभागी थिए ।