मोरङ / मोरङ्गको बेलबारी नगरपालिका पछिल्लो दुई सातायता हात्तीको हुलले स्थानीय त्रसित बनेका छन् ।
साँझ पर्नेबित्तिकै किसानले लगाएको मकै, कोदो,केरा, आदि बालीनालीमा छिरेर नष्ट गर्ने र बिहान राजमार्ग र आसपासका सामुदायिक वनमा छिरेर बस्ने कारण रातदिन यस क्षेत्रका बासिन्दा आर्जित भएका हुन् ।
विगत १५ दिन अघि देखि बेलबारीका वडा नम्बर १०,४,८,१,३ र ११ सबैभन्दा बढी हात्ती प्रभावित बनेकाे हो। रातभर हात्तीको त्रासले यस क्षेत्रका बासिन्दा जाग्राम बस्न बाध्य भएका छन् ।
हात्तीको हुल नै गाँउ पसेर बिध्वंस मच्चाईरहेको छ । स्थानीयले यस क्षेत्रबाट हात्ती धपाउन बारम्बार सम्बन्धित पक्षसँग गुहार मागिरहेका छन । तरपनि हात्तीलाई यस क्षेत्रबाट धपाउन सकिएको छैन ।
किसानले लगाएका बालीनाली हात्तीले सखाप पारेको छ । यसबाट लाखौको क्षति भएको छ । स्थानीयका घरदेखि बिभिन्न भौतिक संरचना समेत हात्तीले ध्वस्त बनाएको छ ।


