इटहरी / इटहरी उपमहानगरपालिका १६ मा रहेको एकम्बा स्वास्थ्य चौकीद्वारा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा उपचार शिविर गरिएको छ ।
एकम्बा स्वास्थ्य चौकी ईटहरी १६ ले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट अनुसार इटहरी उपमहानगरपालिका वडा नम्बर १६ कार्यालयको आर्थिक सहयोग तया स्वास्थ चौकीको प्राविधिक सहयोगमा रामजानकी शान्ति वृद्धाश्रममा १ दिने जेष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण तथा उपचार शिविर गरिएको छ ।
जेष्ठ नागरिक समाजको सम्पत्ति हुन । जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन तथा संरक्षण गुणस्तरीय स्वास्थ्य उपचार र प्रभावकारी हेरचाह गरौं भन्ने नारा सहित सहयोग गरेको एकम्बा स्वास्थ्य चौकीका ईन्चार्ज रामकुमार धमालाले बताए । वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूलाई निशुल्क औंषधी , फस्टेक बस्क ,सुँगुर , पेगत जाँच गरेको ईन्चार्ज धमालाले बताए । उनले जेष्ठ नागरिकहरूलाई औंषधी अभाव भएको खण्डमा निशुल्क उपलब्ध गराउने प्रतिवद्दता रहेको बताए ।
वडा गर्ने स्वास्थको कामलाई अगाडि सार्दै वडा मार्फत यस वडाको रामजानकी शान्ति वृद्धाश्रमका जेष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण तथा उपचार गरिएको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष तेजनाराण चौधरीले बताए । उनले वृद्धाश्रममा आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरू सर सहयोग गर्ने समेत उनले बताए । एकम्बा स्वास्थ्य चौकीले इटहरी १६ का विभिन्न वृद्धाश्रम ,आर्थिक अवस्था कमजोर भएका , अस्वस्थहरूलाई निशुल्क स्वास्थ्य परिक्षण गर्दै आएको छ ।


