सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -९ का वडाअध्यक्ष प्रकाश श्रेष्ठले बाहुलीबाट वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई सम्मान गरेका छन् ।
विराटचोकको प्लानेट लाउन्जमा भएको नझरेका फूलहरूकाे आयाेजनामा वरिष्ठ गायक तथा सङ्गीतकार दिप श्रेष्ठकाे ७३ औँ जन्माेत्सवका अवसरमा दोसल्ला, कदर पत्र, नगद ५० हजार सहित सम्मान गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
वडा अध्यक्ष श्रेष्ठले भने -” देश-विदेशसम्म कलाकारले सुन्दरहरैँचा, विराटचाेक र नझरेका फूलहरूलाई सधैं सम्झन लायक र मननयोग्य छ, स्थानीय सर्जक तथा कलाकारलाई समेत याे कार्यक्रमले प्रेरणा मिलेको छ ।”
मंगलबार आयोजित उक्त ‘जन्मोत्सव विषेश पलेँटी साँझ’ कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दरहरैंचामा राष्ट्रिय क्षेत्रका ख्यातिप्राप्त दिग्गज कलाकारलाई ल्याएर सम्मान गर्नुले समग्र नगरकै गरिमा बढाएको उल्लेख गरेका छन् ।


