करेमिट्यान्सले धानेको देश , भनिन्छ नेपालमा सरकार भन्दा जनता धनी छन । देशमा रोजगारिका अवसर नभएकै कारण कयौं युवाहरु न चाहदा नचाहदै पनि बिदेशिनु पर्ने बध्यतात्मक यथार्थतालाई साहित्यमा उतार्न रचनकारहरू लागि परिरहेका छन । बिदेसिनु रहर नभएर पिडादायी बाध्यता हो भन्ने भाबलाई र संगीतबाट आम श्रोताको मनमा बस्न गायक, गायिका तथा संगीतकारहरूले राम्रै मेहनत गरेका हुन्छन्।
यस्तै नेपालको वर्तमान अवस्थालाई चित्रण गर्ने गरी बनाइएको ‘पियारी ज्यान त टाढा छ’ बोलको गीतको भिडियो मंगलबार सार्वजानिक गरिएको थियो।
राम प्रसाद सापकोटाको शब्द, तिलक बस्नेतको सङ्गीत तथा तिलक बस्नेत र उषा गजुरेलको स्वरमा रहेको गीतमा विशाल घिमिरेको निर्देशन, नवराज उप्रेतीको सिनेअटोग्राफ, कलाकार मुकुन्द भुसाल र दिया मास्केको बेजोड अभिनयमा रहेको छ।
गीतमा शान्त शर्मा, डिबी पराजुली, उषा गजुरेल, दुर्गा ओझाा न्यौपाने लगायतको अभिनय रहेको छ।
गीत तिलक बस्नेत अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको छ।
https://youtu.be/KCz1eiykTgY?feature=shared

