छविराज ढकाल
पथरी शनिश्चरे / भ्वाइस अफ नेपाल टप एटमा पुगेका विनोद राईलाई जिताउन कर्मथलो मोरङ पथरीशनिश्चरेमा ब्यापक अभियान चलिरहेको छ । पथरीशनिश्चरेमा पत्रकार सन्तोष राईको संयोजकत्वमा नाट्या कलाकार तथा निर्देशक जीवन बराल सहसंयोजक, विनोदको भाई पुष्षराज राई आर्थिक संयोजक रहेको एक ठुलो अभियान' टोली गठन भएको छ।
उक्त अभियानका सदस्यहरु पत्रकार भूमिप्रसाद पाठक, ईश्वर दुलाल, प्रेम भट्टराई, करण धिताल, संगीता राई, छविराज ढकाल, पूर्ब जनप्रतिनिधि परशुराम न्यौपाने रहेको विनोद राई जिताउ अभियान चलिरहेको छ । उद्योग वाणिज्य संघको पूर्ब महासचिव अशोक साम्पाङ राई, गायक नन्दु गुरुङ, अमिर राई लगायतको टोली दैनिक रुपमा प्रचार प्रसार र भोटिङ अभियान चलाइरहेका छन् ।
विनोद राई जिताउन पथरी बहुमुखी क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, पुर्ब प्रमुख चेतन पौडेल, स्ववियु सभापति केशर राई लगायत विद्यार्थीहरु, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, पथरी उद्योग वाणिज्य संघको पूर्ब अध्यक्ष धनकुमार तामाङ, सामाजिक तथा राजनीतिज्ञ प्रदिपकुमार राई, एभरेष्ट बोर्डिङ स्कुलका निर्देशक रवीन कन्दङ्वा, पथरी प्याब्सनको अध्यक्ष सुरेन्द्र लिम्बू समेतले सुमधुर स्वर भएका प्रतिभा विनोद राईलाई जिताउनको लागि खल्ति एप्स मार्फत भोट गर्न आम नेपालीभाषीहरुमा अपिल गरेका छन् ।
स्वर, साधना, इमान, श्रोता दर्शकको मायाको साथै गीत संगीत र साहित्यकार हरुसँग टाइटल जित्ने मुख्य आधार भएको विनोदको भनाइ छ । भोट हान्नका लागि खल्ति एप्स डाउनलोड गरी आईडी बनाएपछि भोटिङ, भोट, टिम मिलनपछि विनोद राईको फोटोमा क्लिक गर्ने र त्यसपछि कति भोट हान्ने हो छानेर भोट गर्न गायक विनोद राईको सबैमा अनुरोध गरेका छन् ।

