मधेस प्रदेश / जितपुर सिमरामा मधेस प्रदेश स्तरीय मदन आश्रित कृकेट कप २०८० हुने भएको छ ।
नेपाल खेलकुद महासंघ जितपुर सिमरा उपमहानगर कमिटी द्वारा आयोजना गर्न लागिएको खेलमा अनुमानित खर्च ४५ लाख हुने नेपाल खेलकुद महासंघजितपुर सिमरा उपमहानगर कमिटी ले बताएको छ ।
२०८० माघ तेस्रो सप्ताह देखि सुरु हुने खेलमा ८ जिल्ला बाट १/१ टिम र एक आयोजक गरि जम्मा ९ टिम सहभागी हुने र बिजेता टिमले १ लाख, उप बिजेता टिमले ५० हजार पाउने नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव बिप्लब घोसले बताउनुभयो ।


