इटहरी / जनता बहुमुखी क्याम्पस इटहरिमा नेपाल बिद्यार्थी संघले नारा सहित विरोध प्रदर्सन गरेको छ । नेपाल बिद्यार्थी संघले उपकुलपती नियुक्ती खुल्ला प्रतिस्पर्धा बाट गर भन्ने नारालाई अत्मासाथ गर्दै बिरोधि नारा सहित विरोध प्रदर्शन गरेको हो ।
बिरोध प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी संघका जिल्ला सभापति , इकाई सभापति ,सदस्यहरु लगाए अन्य बिद्यार्थी हरुको उपस्थितमा नारा लगाएर विरो गरिएको हो ।
नारा लगाउने क्रममा दलिय भागवण्डाको अन्त्य गर , शिक्षाको दलियकरण अन्तय गर ,विश्वविध्यालयका पदहरुको लिलामी बन्द गर , उपकुलपतीको परीचय दलको झण्डा नहोस , ज्ञानको पुन्ज होस , फेरी गल्ती नगरौ ,विश्वविध्यालयको सुधार , उपकुलपतीको खुल्ला प्रतिस्पर्धा बाट । स्ववियु विश्वविद्यालय क्याम्पस कीर्तिपुरले प.नि.का, बल्खु सुधारको लागि गरेको आन्दोलनमा हाम्रो ऐक्यबद्धता रहेको जनता बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघले जनाएको छ ।


