विराटनगर । भारतको उत्तर प्रदेश आगरामा सम्पन्न भएको ‘इन्टरनेशनल कराँते च्याम्पिनसीप २०२३’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक ल्याउने ११ जना खेलाडीहरुलाई सम्मान गरिएको छ । विराटनगर ११ मा रहेको जनपथ माध्यमिक विद्यालयले स्वर्ण पदक ल्याउने ९ जना र रजत पदक ल्याउने दुई जना गरी ११ जना कराँतेका खेलाडीहरुलाई बुधबार सम्मान गरेको हो ।

जनपथ माविमा सञ्चालित बालाजी डोजोबाट सहभागी भएर ९ स्वर्ण पदक र २ रजक पदसहित शतप्रतिशत सफलता हात पार्दै फस्ट रनरअप पनि बनेर देशको गरौव बढाउने बालाजी डोजाका खेलाडीहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले बताए । पढाइसँगै खेलकुदका माध्यमबाट देशको नाम राख्न सफल भएका विद्यार्थीहरुको हौसला बढाउन विद्यालयले सम्मान गरिएको बताए ।

414185824_328004946817008_1110361867307356796_n

यसरी स्वर्ण पदक जित्ने खेलाडीहरुमा २० केजी तौल समूहबाट आकृति कोइराला, ४५ केजी तौल समूहबाट आरुसा कोइराला, २५ केजी तौल समूहबाट दुर्गेश यादब, ४० केजी तौल समूहबाट अनसना न्यौपाने, ३५ केजी तौल समूहबाट सोनिया वन, ५० केजी तौल समूहबाट आलोक ठाकुर, ५५ केजी तौल समूहबाट बिवेक सिंह राजपुत, ७५ केजी तौल समूहबाट पंकज साह र ४५ केजी तौल समूहबाट सन्तोष साह रहेका छन् । यसैगरी रजक पदक जित्ने खेलाडीहरुमा ४० केजी तौल समूहबाट अमन शहनी र ७० केजी तौल समूहबाट विशाल चौधरी रहेका छन् ।

कार्यक्रममा नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, जनपथ माविका व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइराला, विराटनगर ११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपानेलगायतले खेलाडीहरुलाई सम्मान गरेका थिए ।

367234674310721471

पुस १४ र १५ गतेसम्म भारतमा भएको उक्त प्रतियोगितामा नेपाल, भारत, श्रिलंका र बंगलादेशका खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा खेलाडीहरुसँगै बालजी डोजोका संचालक तथा प्रशिक्षक मेनुका ठाकुर पनि गएकी थिइन् ।