इटहरी / नेपालको सांगितिक जगतमा अनेकौ प्रतिभाहरुको असंख्य भण्डारण छ । यस क्षेत्रको विकास क्रमलाई नियाल्दा धेरै प्रतिभाहरुले यसलाई अनेकौ तवरले सिञ्चीत गरेर नै यो स्थानमा ल्याएका हुन् । पुर्वको पुर्वेली भाकाले होस् वा पश्चिमको देउडा आफ्नै मौलिकता र पहिचान बोकेका छन् । विभिन्न चार्डपर्व, मेला महोत्सव, लगायतमा सुख दुःख साट्न नेपाली नाच्छन्, गाँउछन् र रमाउँछन्। लामो इतिहास बोकेको यस क्षेत्रले जन्माउँदै गरेको एउटा सुन्दर प्रतिभा मध्ये शुशिल भट्टराईको नाम पनि लिने गरिन्छ । पछिल्लो समय लोक गित संगितको क्षेत्रमा उदयमान नक्षत्रका रुपामा धेरै लोक गित संगितलाई पे्रमिले शुशिल भट्टराई पनि लिने गर्छन् ।
पुर्वी जिल्ला संखुवासभाको सभापोखरी २ वितलबमा जन्मिएका भट्टराई गायन, संगीत, एरेन्ज र शब्द रचना चारै विधामा अब्बल मानिन्छन् । भट्टराईका दर्जनौ गीतहरु नेपाली सांगीतिक बजारमा लोकपृय छन्। “पुर्वै इटहरी”, पानी सलल, इलाम कन्याम, सुनैको वाला, हौ लालु मायाँ, लगायत देउसी र भैलोका मौसमी आदी पुर्वेली गित स्रोता माझ अत्याधिक रुचाइएका गित हुन । उनको शब्द रचना पनि उत्तिकै अब्बल मानिन्छ । देखिदाँ चन्चले स्वभाबका जस्ता देखिने भट्टराई व्यवहारमा एकदमै शान्त र शिष्ट छन्, अझ उनका गित संगीत मा धेरै शिस्टता र मौलिकता पाउन सकिन्छ ।
आधुनिकताले नेपाली गित संगितमा पाश्चात्य शैलीको प्रभाव बढ्दै जादाँ कतै हाम्रो मौलिकता हराउँने होकी भन्ने चिन्ताका बिच भट्टराई जस्ता युवा प्रतिभा जन्मनु यस क्षेत्रका लागि गर्वको विषय हो । लोक गित संगितमा मौलिकता हराउँदै जादाँ युवापुस्ताले लोक संगीतमा विभिन्न भेग तथा जातजाती र भाषिक गित संगीतको अध्यायन अनुसन्धान तथा खोजि र संरक्षणको गर्ने कर्तव्य बहन गर्नुपर्ने भट्टराई बताउँछन्। भौगोलिक रुपमा बिकट गाउँमा जन्मिएका उनमा भेगीय तथा पुर्बेली लोक गितको रस एकदमै भिजेको छ भन्ने उनको रचना सुन्दा महशुस हुन्छ । गाउँघरमा गोठालो जादाँ हजुरामा सँगै सुरिलो स्वरमा गित गाउथे हजुरामा ले पनि संगीनी, श्लोकहरु मिठो गाउने हुनाले आमा संगैको वात्सल्यमा गायक भट्टराई समेत पक्कै प्रभावित भएको हुनुपर्छ । धेरैको रोजाइमा पर्न सफल राई दर्शक, श्रोत, सहयोगी र शुभेक्ष्युकले गर्दा यो स्थानमा आईपुगेको र सबैको माया, साथ र सहयोगमा अझै लामो यात्र गर्ने बताउँछन् ।
ठुलो प्रतिस्पर्धाका बिच पनि निकेशले चर्चित गायिकाहरु संग सहकार्य गरेर दर्जनौ हिट गितहरु बजारमा ल्याइसकेका छन् उनका लोकपृय गितहरु मध्ये “पुर्वै इटहरी”, पानी सलल, इलाम कन्याम, सुनैको वाला , लगायत देउसी र भैलोका मौसमी आदी पुर्वेली गित स्रोता माझ अत्याधिक रुचाइएका गित हुन ।
गित संगीत त्यसमाथि पनि लोक गित संगीत कस्तो हुनुपर्छ भन्ने प्रश्नमा गायक भट्टराई, “लोक गित संगीत भनेको प्रस्ट र पारदर्शी हुनुपर्छ अझ भन्ने हो भने लोक गित माटोको सुगन्ध आउने खालको हुनुपर्छ ,लोक गितको सुन्दर पक्ष भनेकै माटोको सुगन्ध आउनु हो , लोक गित अझ सभ्य र सरल हुनुपर्छ” । पछिल्लो समय विभिन्न मेला महोत्सवमा व्यस्त मौलिक लोक गित लेखन, संगीतका उदयमान गायक भट्टराईको सांगीतिक जगतको यात्रा अनवरत रहिरहोस् सांगितिक यात्राको अनन्य शुभकामना ।


