सुनसरी / इटहरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ ।
इटहरी उप महानगरपालिकाको आयोजनामा इटहरी रंगशालाको खेलमैदानमा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरेका थिए । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उप महानगरले पुरस्कृत गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा उपमहानगरपालिकाको शैक्षिक शाखा प्रमुख दोर्ण दाहालले उपमहानगरका माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए । उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिने बताए। प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्प लगायतका खेल समावेश गरिएको छ ।


