इटहरी / जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद अन्तर्गत अन्तर कलेज स्तरीय फुटबल खेल सम्पन्न भएको छ ।
बुधबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरान भर्सेस नमुना कलेज बीच भएको फाइन खेलमा महेन्द्र बहुमुखी क्याम्पसले उपाधी हात पारेको छ । पहिलो हाप सम्म बराबरी भएको प्रतिस्प्रधात्मक खेलको दोस्रो हापमा १ गोल गर्दै महेन्द्र बहुमुखी स्ववियु कप अन्तर्गत अन्तर कलेज स्तरीय फुटबलको विजेता बनेको हो ।
विजेता टिम महेन्द्र बहुमुखी क्याम्पसलाई नगर ५० हजार सहित शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । त्यस्तै उपविजेता टिम नमुना कलेजलाई नगद ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको स्ववियु सचिव अर्जुन राईले जानकारी दिनुभयो ।
माघ २९ गतेबाट सुरु भएको फुटबल खेलमा ७ वटा क्याम्पसको सहभागीता रहेको थियो भने, ८ टिम विच प्रतिस्पर्धा भएको थियो । अन्तर कलेज फुटबल प्रतियोगिता सँगै स्ववियु कप अन्तरगत, भलिबल, डोरी तान, कबड्डी, म्याराथन, टेबलटेनिस, बुद्धिचाल, छेलो, हाइजम्प, लङजम्प, लगायतको सम्पूर्ण खेल सकिएको हो ।
जनता बहुमुखी क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको संयोजन र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा माघ २४ गते देखी सुरु भएको स्ववियुकप २०८० फागुन १३ गते समापन समारोह हुने स्ववियु सभापति सहदेव काफ्ले बताउनुभयो ।
स्ववियु सभापति सहदेव काफ्लेको अध्यक्षतामा भएको फुटबल खेल फाइनल प्रतियोगिता कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष विकास केसीको प्रमुख अतिथ्यिता रहेको थियो । अतिथिहरु , सञ्चालक समितिका सदस्य रेवती धिमिरे, युगप्रीय निरौला, क्याम्पस प्रमुख प्रा.डा. गिता अधिकारी, महेद्र बहुमुखी क्याम्पसका स्ववियु सभापति युवराज राई लगायत बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।


