इटहरी / चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा समाजसेबी , यूवा व्यवसायि तथा ग्रैण्ड मास्टर रबिनकुमार नाल्बो द्वारा प्रस्तुत चलचित्र सुगुप हङकङको प्रदर्शनी पश्चात् अब संसार भरै प्रदर्शनमा जाने भएको छ।

लिम्बू समुदायको मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा गरिने अन्तिम संस्कार लाई सुगुप भनिन्छ। सुगुप चलचित्रको निर्देशन युवा निर्देशक लोकेन साँवाले गरेका हुन् भने यसको पटकथा देबेन्द्र खापुङले लेखेका हुन्।

हङकङका युवा ब्यावसायी , समाजसेबी तथा ग्रैण्ड मास्टर रबिन कुमार नाल्बो प्रमुख निर्माता रहेको सुगुप मा दिलमाया लाबुङ नाल्बो,र सैलेन्द्र कुमार नाल्बो निर्माता रहेका छन् भने एल पि साँवा,मनिसा नाल्बो,श्री प्रसाद माबो,राम प्रसाद पंधाक सह निर्माता रहेका छन्।

वरिष्ठ अभिनेता प्रेम सुब्बा, लिम्बू समुदायका चर्चित कलाकार मौसम ईम्बुङ लिम्बू (फुलेन्देको बाउ) र बबिता नेय‍ोङहाङको मुख्य भुमिका रहेको सुगुपमा यासेली योङहाङ,सुम्निमा खापुङ,डम्बरकुमारी पयाङगो,निता लिम्बू,पन्ना आङ्बो,योमन सोदेम्बा,तिर्थ मादेम्बा,सैलेन्द्र नाल्बो,रुकमान लिम्बू,मनकुमार योङहाङ,रबिनकुमार नाल्बो,उदय बेघा,युवराज ईस्बो,ईन्द्रा पंधाक र लिला सेलिङ माबोको पनि अभिनय देख्न पाईने सुगुपको निर्माण नियन्त्रक ईन्द्र सेर्पा हुन्।

युवराज राईको छाँयाङकन,बिपिन मल्लको सम्पादन,अशोक राईको संगीत,कमल राईको नृत्य, किसोर सम्बाहाङफेको द्वन्द निर्देशन रहेको सुगुपको गत १० फेब्रुअरी २०२४ शनिबार बेलुकी हङकङको गोल्डेन हार्वेस्ट वाम्पो सिनेमा हलमा उल्लेख्य दर्शक हरु माझ पहिलो पृमियर शो भएको सुगुपको काठमाडौंमा पनि यहि २०८० साल फागुन १२  र १७ गते पृमियर हुदै छ।

नेपालको पूर्वी भाग  धरान फाल्गुन १९-२५ गते ,बराह छेत्र  चक्रगत्ती फाल्गुन १९ गते , पथरी फाल्गुन २५  र २६ गते , इटहरी फाल्गुन २८ गते  , बिराटनगर फाल्गुन २८ गते र दमक चैत्र १० गते प्रीमियर प्रदर्शन हुदैछ ।

नेपाल र भारत  दुबै देशको बिभिन्न ठाउ हरुमा छाँयाङकन भएको सुगुप लिम्बू समुदायको बहुप्रतिक्षीत चलचित्र हो।