इटहरी / सुनसरीको इटहरीमा अवस्थित प्रिमियर ग्लोबल स्कुलले ‘मिस्टर एण्ड मिसेस २०८०’ सम्पन्न गरेकाे छ  ।. पूर्वाञ्चलमै +२ शिक्षाको क्षेत्रमा पढाइ सँगै अतिरिक्त क्रियाकलापमा आफुलाई अब्बल साबित गर्दै आएको सुनसरीको इटहरीमा अवस्थित प्रिमियर ग्लोबल स्कुलले ‘मिस्टर एण्ड मिसेस २०८०’ छानेको छ ।

प्रत्येक वर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू विचमा गराइने यो प्रतियोगिताको यस बर्ष चौथौ संस्करण आयोजन गरीएको थियो जसमा ‘मिस्टर प्रिमियर र मिसेस प्रिमियर २०७९ र २०८० छानिएको थियो । ‘मिस्टर एण्ड मिसेस २०७९ ‘मेल’तर्फको उपाधि अविनाश राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि कृतिका श्रेष्ठले जितेकी हुन् ।

425252968_1360316868205740_5971974347998512643_n

         प्रतियोगिता अन्तरगत फष्ट रनरअप हेमराज राई र डेलिसा राई सेकेण्ड रनरअप करण धमला र कामना जिमी भएका थिए । त्यसैगरी ‘मिस्टर एण्ड मिसेस २०८०’को  उपाधि सेयुङ लिम्बु र दामोदर कार्कीले हात पारेका छन् । प्रतियोगिता अन्तरगत फष्ट रनरअप सन्ध्या चौधरी र आदित्य कुमार चौधरी सेकेण्ड रनरअप अल्फा चौधरी र हंसेल कार्की भएका छन् । विभिन्न २६ विधामा विधागत उत्कृष्ट प्रतियोगी छानिएका छन् । कार्यक्रमका प्रमुख अतिथि हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको फाइनल प्रतियोगीताका विजेतालाई उपाधिसंगै ट्रफी, मेडल, प्रमाणपत्र , गिफ्ट ह्याम्पर साथै बार टेन्डिङ ,कम्प्युटर कोर्ष , टिइएलएस ,पिटिइ , बरिस्ता,  डान्सको निशुल्क तालिम प्रदान गरिएको थियो ।

425317895_1360316768205750_625829716112424504_n

फाइनल प्रतियोगीताका विजेतालाई नगद १० हजार प्रदान गरिएको थियो भने प्रतियोगिता अन्तरगत फष्ट रनरअपलाई ७ हजार र सेकेण्ड रनरअपलाई ५ हजार पुरस्कार वितरण गरिएको  थियो । प्रतियोगिताका निर्णायकहरुमा  ड्रिम मोडलिङ एकेडेमिका प्रशिक्षक सिईओ सौरभमान भण्डारी , विनर अफ मिस ब्युटि  विथ पर्पोज मिस नेपाल २०२३ मिस सुनसरी २०७८ की आयुष्मा बराल , विनर अफ मोडल  अफ द इयर नेपाल २०७६ की प्रेक्ष्या कट्वाल रहनुभएको थियो ।

425249121_1360317868205640_4984074638309735059_n

अतिरिक्त क्रियाकलाप प्रत्येक विद्यार्थीको व्यक्तित्व विकाशको निम्ति महत्वपूर्ण र प्रभावकारी अस्त्र सिद्ध भइसकेको वर्तमान समयमा यस्ता प्रकारका प्रतियोगितामा विद्यार्थीहरूको सहभागिताको सुनिश्चितता गर्न सके विद्यार्थीले आफुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन र विकाश गर्ने अवसर प्राप्त गर्ने छन साथै यो र यस्ता प्रकारका प्रतियोगिता ले “ म गर्न सक्छु । म सिक्न सक्छु , म अगाडी बढ्न सक्छु भन्ने आत्मविश्वास बढाउँछ । प्रिमियर ग्लोबल स्कुलले जहिले पनि विद्यार्थीको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न कार्यक्रम गरिरहेको र अध्ययनका साथै विद्यार्थीको मानसिक, सामाजिक, व्यावहारिक एवं बौद्विक बिकाशका लागी प्रिमियर ग्लोबल स्कुल दृढ रहेको छ ।

425368868_1360325268204900_2145578965246761923_n