झापा /नेकपा एमाले सम्बद्ध संघले झापामा खुल्ला महिला तथा पुरुष "केपी ओली रन रेस २०८०" गर्ने  भएको छ 

खेलकूद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पुर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार "  भन्ने मुल नाराका साथ नेपाल खेलकुद महासंघ (नेकोस) कोशी प्रदेशले "के पी ओली रेस रन २०८०" झापामा फागुन २१ गते  गर्ने भएको छ । 

मंगलबार दमक स्थित कामाक्ष होटलमा पत्रकार समेल्न गर्दै सो प्रतियोगिताको लागि नेकोस कोशी प्रदेश कमिटीका अध्यक्ष  राजकुमार थापाको संयोजकत्वमा "के पी ओली रेस रन २०८०"  हुने जानकारी गराएको छ । धावकले  विर्तामोड २, चारपाने बजार हुदै दौड प्रारम्भ गर्दै,  महमाई ५, सुखानी, शहिद पार्क,  ईलामसम्म पुगेर  सप्पन्न हुने छ । सो प्रतियोगिताको प्रथम पुरस्कार एकाउन्न हजार (५१,०००),द्वितीय पुरस्कार एकतिस हजार  ३१,०००  तृतीय पुरस्कार  एक्काईस हजार २१,००० घोषण गरिएको छ । प्रतियोगितामा ८ लाख खर्च हुने अनुमान गरिएको छ । 

खेलकुद महासंघ सचिव तथा कोशी प्रदेश  इन्चार्ज बिप्लब घोष, खेलकुद महासंघ सचिव संतोष बान्तवा राई कोशी प्रदेश अध्यक्ष राज कुमार थापा,  प्रेम गिरी, होम थापा, भिम ढुङेल,  लगायतको उपस्तिथितमा "के पी ओली रन २०८०" को पत्रकार सम्मेलन सम्पन्न भएको हो ।