सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ३ नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

बर्जु गाँउपालिकाका वडा नम्बर १ का  वडा अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षता तथा प्रमुख अतिथि बर्जु गाँउपालिकाकाका अध्यक्ष जिवछ कुमार राय उपस्थितिमा सार्वजनिक सुनुवाइ गरिएको थियोे ।

वडा कार्यालयको आर्थिक वर्ष २०७८०/८१ को पहिलो र दोस्रो चौमासिकमा गरेका कृयाकलाप, योजना तथा बजेट वारे सार्वजनिक गरिएको हो ।

वडा सचिव अशोक कुमार यादवले वडाले गरेका काम गतिविधिहरू प्रस्तुत गरेका थिए ।  वडाको स्विकृत योजनाहरुको ४० प्रतिशत कार्य सम्पन्न भएको वाड सचिव यादवले बताए  ।

स्थानीय बासिन्दाले बाटो ,शिक्षा ,स्वास्थ  ,कृषि, बालबालिका , जन्म दर्ता मृत्यु दर्ता , वडाले दिने सेवाको विषयमा प्रश्न उठाएका थिए । 

प्रश्नको जवाफ वडा सचिव अशोक कुमार यादव, बर्जु गाउँपालिकाका प्रशासनिक शाखा प्रमुख सन्तोष बञ्जरा , वडा अध्यक्ष विनोद कुमार गुरुङ,,गाउँपालिका अध्यक्ष  जिवछ कुमार रायले स्थानीयले सोधेका प्रश्नको उत्तर दिएका थिए ।

वडालाई विकास निर्माण गर्न गाउँपालिका , प्रदेश सरकार , संघिय सरकार बाट बजेट ल्याएर वडालाई विकास निर्माण तर्फ अगाडि बढाउने वडा अध्यक्ष गुरूङले बताए । वडाले दिने सेवालाई अझै प्रभावकारी वडाका जनप्रतिनिधि कर्मचारी लागि पर्ने वडा अध्यक्ष गुरूङको भनाइ छ । 

गाउँपालिका अध्यक्ष  जिवछ कुमार रायले भने स्थानीयले  उठाएका राम्रा नराम्रा विषयलाई सामेल गरेर अगाडि लागेन बताए । गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने अध्यक्ष  रायले बताए । यि विषयका प्रश्नको समाधान गर्ने जिकिर गरे ।

कार्यक्रममा वडाका कर्मचारी ,शिक्षक  , स्थानीय ,संघ संगठनका पदादिकारी, स्वास्थ्यकर्मी , विभिन्न राजनीति दलका प्रतिनिधि , प्रहरी प्रशासन लगाएतको सहभागीता रहेको थियोे ।IMG_20240301_172542