सुनसरीको रामधुनीमा नेपाल सितोरियो कराते संघ साखा डोजो रामधुनि ४ मानपुरको आयोजनामा सुनसरी जिल्ला स्तरीय कराते प्रतियोगिताको सम्पन्न भएको छ । रामधुनी नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रम रामधुनी नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रमको अध्यक्षता हरि राउतले गर्नुभएको थियो। ।

Screenshot_2024_0311_085359

कार्यक्रममा जन्तेढुङा गाउपालिका खाेटाङका खेम खडका, सामाजिक बिकास समिति सम्याेजक शुसिला ढुङगाना, वडा अध्यक्ष कमल कार्की लगायत बिभिन्न बिध्यालयका शिक्षक, बिध्यार्थी, स्थानीय समाजसेवी, बुद्धिजीवीका साथै धरान, ईटहरी, बराहक्षेत्र, रामधुनि, दुहबी, ईनरूवा का खेलाडीहरूको उपस्थितिमा भएको कार्यक्रम। कराते प्रतियोगिताको रेफ्रि सम्याेजक मुकेश शाक्य, कराँतेका प्रशिक्षक महेन्द्र राई, किरन लामा, मनाेज शाक्य, मन कुमार राई, AKF रेफ्रि सुनिता लामा, भिखन धामी रेफ्रि सम्याेजक असेस मगर लगायत रेफ्रिले कार्यक्रम सहजिकरण गर्नुभएको थियो।

1710126522855

  कराते खेल आत्मरक्षाका निम्ति महत्त्वपूर्ण रहेकोले यसले मानिसको शाररिक बनावटमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने समापन समारोहका प्रमुख अतिथि रामधुनी नगर उपप्रमुख तारा थापाले बताउनुभयो ।

खेलमा धरान प्रथम, इटहरी द्वितीय र  बराहक्षेत्र तेस्रो भएका छन ।