सुन्दरहरैंचा / सुन्दरहरैंचा वडा नं ९ का खेलाडीहरुका लागि वडा कार्यालयले खेलकुदका सामग्री वितरण गरेको छ । सुन्दरहरैंचा वडा नं ९ वडा कार्यालयले युवा तथा खेलकुद लक्षित कार्यक्रमअन्तर्गत युवा खेलाडीहरुका लागि खेलकुदका सामग्री वितरण गरेको हो ।
वडा कार्यलले एक लाख रुपैयाँ बराबरको फुटबल १० थान फुटबल, चार थान भलिबल, चार थान भलिबल नेट, चालिस जोर जर्सी लगायतका सामग्री वडाका बिभिन्न खेलाडी समुहलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा स्थानीय युवा क्लबहरू नेपाल मुस्लिम युवा समुह, ज्योति युवा क्लब, कन्चनजंघा युवा क्लब लगायतमा आबद्ध युवाहरूला खेलकुद सामग्री बितरण गरिएको वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।
खेलबाट जीवन निर्बाह गर्न सक्ने खालको खेलाडी उत्पादन गर्ने र नेपाल प्रहरी तथा नेपाली सेनाका क्लवहरुमा समेत खेलाडि पुर्याउने उद्धेश्य वडाले राखेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बजेट निस्चित रहेकोले सबैलाई समेट्न नसकिएकाले अब फेरि आगामी बजेटमा अन्य संघ संस्था, युवा हरुलाई समेटेर खेलकुद सामग्री बितरण गरिने कार्यपालिका सदस्य रूकमणि घिमिरेले बताउनुभयो ।
वडाले बिभिन्न समयमा युवा र खेलाडीलाइ समेटेर खेल जन्य गतिविधि अगाडि बढाएकोमा कन्चनजंघा युवा क्लबका अध्यक्ष सोहन राइले खुसी ब्यक्त गर्नुभएको छ ।
वडा कार्यलयमा भएको कार्यक्रम वडा सचिब राम प्रसाद रेग्मी, राजनारायण खवास, सारदा बिक लगायत स्थानीय युवा खेलाडी हरुको उपस्थित रहेको थियो ।


