काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे ।

1710567550025

नाटक मेलाकाे समापन समाराेहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चाैधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयाे । कार्यक्रममा मन्त्री चौधरीले विजेताहरुलाई बधाई ज्ञापन गर्दै प्रतियोगितामा हारजीत हुने र हारसँग डर नमान्ने सुझाव दिनुभयाे । उहाँले आफ्नै राजनीतिक संघर्षकाे उदाहरण दिँदै बारम्बारको प्रयासपछि मात्र आफू पनि सफल भएको बताउनु भयाे । सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट देशकै शक्तिशाली व्यक्तिसँग पटक-पटक निर्वाचनमा लड्दा आफूले गरेकाे संघर्ष र अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनकाे संघर्षकाे उदाहरण दिँदै मन्त्री चाैधरीले हारमा हताेत्साहित हुने र जीतमा धेरै उत्साहित नहुन बालबालिकाहरूलाई सुझाउँदै मेहनत गर्न प्रेरित गर्नुभयाे । 

1710567563413

समापन समारोहमा नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारी, चलचित्र निर्देशक राजेन्द्र शलभ, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला आदिले संवाेधन गर्नुभएकाे थियाे । नाटक मेलालाई नेपाल टेलिकम, आलिशान फर्निचर, नेपाल मेडिकल कलेज, सुजल फुड, फरवार्ड नेपाल, क्याम्ब्रिज काठमाडाैं, इजी केयर स्वास्थ्य सेवा, वाइवी सलुसन, नेपाल एयरलाइन्स, एभरेस्ट बैंक लगायतले प्रायाेजन गरेका थिए ।