इटहरी / नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानडा, युएसए लगायत युरोपियन देशहरूमा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “ग्रेस इन्टरनेसनल ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा स्थापना भएको छ।

काठमाडौं बाट २० ०६ मा सुरु भएको शैक्षिक परामर्श केन्द्रको इन्टरनेसनल रूपमा अस्ट्रेलियामा ८ , भारत २ , केन्या २ सहित २८औ शाखा मध्य नेपालको सोर्हौ शाखा इटहरी ६ संगित चौक “ग्रेस इन्टरनेसनल इटहरी” शैक्षिक परामर्श केन्द्रको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।

इक्यान अध्यक्ष सेसराज भट्टराईको प्रमुख आतिथ्यतामा , ग्रेस इन्टरनेसनल का डाइरेक्टर एन्ड्रियू पौडेल, इटहरी जेसिज अध्यक्ष सुमन सुबेदी, रोट्रयाक्ट क्लब अफ इटहरीका अध्यक्ष मिसन पराजुली लगाायतले औपचारीक रुपमा उद्घाटन गरेका छन् ।
यसैविच “ग्रेस इन्टरनेसनल ” शैक्षिक परामर्श केन्द्रले आगामी दिनमा विद्यार्थीहरुका लागि आवश्यक बिभिन्न सुझाव, सहकार्य सेमिनार पनि गर्ने सन्चालक आसिस दुलालले बताउनुभयो। उद्घाटन कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, शिक्षाविद बिध्यार्थी अभिभावक हरुको उपस्थित रहेको थियो ।


