इटहरी / एप्पल ट्रि एकेडेमीले आफ्नो अभिभावक दिवस इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महासाखा प्रमुख दोर्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा बिधालय ब्यवस्थापन समिति अध्यक्ष बाबुराम कटुवाल को अध्यक्षतामा भएको छ। सनिवार तरहरा एप्पल ट्रि एकेडेमीमा भएको कार्यक्रममा कक्षा प्ले ग्रुप देखि कक्षा पाँच सम्मका विद्यार्थीहरूले गीत, नृत्य, नाटकका साथमा बिभिन्न कला प्रस्तुत गरी कार्यक्रम भएको हो ।

विद्यालयमा विद्यार्थीहरूले अभिभावकको अगाडि अतिरिक्त क्रियाकलाप संगीत नृत्य, कविता, नाटक साथै स्काउट कला, कराते डेमोको प्रस्तुती देखाएका थिए ।

नगर शिक्षा शाखाले विद्यालयहरूले शिक्षाको गुणस्तर कस्तो बनाउँदैछन् भनेर नजिकबाट नियाली रहदा एप्पल ट्रि एकेडेमीको प्रगति राम्रो भएको साथै आफ्ना नानीबाबुहरूलाई कस्तो सिकाइ हासिल गरिहेका छन् भनेर अभिभावकहरूले बेला बेलामा विद्यालयमा गएर नियाल्नुपर्ने इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महासाखा प्रमुख दोर्ण प्रसाद दाहालले बताउनुभयो ।

नियमित पढाइका सँगै अतिरिक्त विभिन्न क्रियाकलापले गर्दा विद्यार्थीमा भएका प्रतिभा प्रष्फुटित हुने अवसर मिल्ने एप्पल ट्रि एकेडेमीका प्रधानाध्यापक चन्द्रकला घिमिरेले बताउनुभयो ।

पढाइमात्रै नभएर अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै अग्रसर बनाउनु पर्ने बताउदैं विद्यार्थीले देखाएको अतिरिक्त क्रियाकलापको प्रस्तुती एकदमै राम्रो भएको विशिष्ठ अतिथि धरान घोपा क्याम्पका हाडजोर्नी विशेषज्ञ डा. रोसन कलवारले बताउनुभयो।

कार्यक्रममा कक्षा ५ का बिधार्थी हरु लाइ मायाको चिनो सहित उज्वल भविष्यको कामना गर्दै बिदाई समेत गरिएको छ ।
कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय समाजसेवी बुद्धिजिवी बिध्यार्थीहरूको उपस्थिति रहेको थियो ।



