दुहवी / नेकपा एमाले दुहवी नगरपालिका वडा नं. ८ को वडा अधिवेशन सनिवार सम्पन्न भएको छ । अधिवेशनले रेवती श्रेष्ठको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा चतुर लाल चौधरी, सचिवमा दिपक पराजुली, सहसचिवमा कमल गिरि र चुडामणि ढकाल चयन भएका छन् । यसैगरी कमिटीको सदस्यमा भिम बहादुर कार्की, रचना राइ, कमल गिरी,सहरेज आलम लगायत रहेका छन् ।
कार्यक्रम नेकपा एमाले दुहवीका इन्चार्ज सुशील साह को प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले दुहबि स-इन्चार्ज अमित राइ , क्षेत्र नं ३ सदस्य ग्यान बहादुर राइ, जिल्ला कमिटी सदस्य सरोज गिरी, हरि राइ दुहवी नगर स. सचिव मो ताजिब हुसैन लगायतको सहभागिता रहेको थियो।