सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्वर ४ मा रहेको चिल्ड्रेन मन्टेश्वरी स्कुलको ९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम २०८० सम्पन्न भएको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरि मन्टेश्वरीले सो कार्यक्रम समपन्न गरेको हो । कार्यक्रममा विद्यालयले विभिन्न पुरस्कार बितरण, सम्मान, गायन, नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

विद्यार्थीको चौतर्फी विकाश गराउने नयाँ शैक्षिक नितिको पालना गर्दै आयोजित कार्यक्रममा विद्यालयले बिभिन्न विधामा उत्कृष्ट बालबालिकालाई पुरस्कृत गरेको छ । पढाई संगै अतिरिक्त क्रियाकलापमा जोड दिदै बिधार्थीको क्षमता प्रस्पुटन संगै बालबालिकाको गायन, नृत्य तथा अभिभावकको समेत प्रतुती रहेको थियो ।

Screenshot_2024_0325_080818

कार्यक्रम  सुन्दरहरैंचा नगरपालिका वडा ४ का  अध्यक्ष कैलाश बस्नेतको प्रमुख

आतिथ्यतामा उदघाटन गरिएको थियो भने शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याए बापत विशिष्ट व्यक्तित्व, उत्कृष्ट अभिभावकलाई सम्मान समेत गरेको थियो । बार्षिक रुपमा विद्यालयले अभिभावकको प्रत्यक्ष उपस्थितिमा आयोजना गर्ने यस्ता कार्यहरुले विद्यालय र अभिभावकहरुविचको घनिष्टता बढेर जाने यस किसिमको कार्यक्रमबाट बिधार्थीमा हौशला मिल्ने स्कुलका प्रिन्सिपल सन्तोष राईले वताए।

Screenshot_2024_0325_081046

विद्यार्थी र अभिभावकको बदलिदो चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको स्कुलका अध्यक्ष मोहन ढकालले बताउदै विद्यार्थीको सिकाई उपलब्धी हासिल गर्न सृजनशिल तरीकाले विद्यार्थीलाई व्यवहार गरी संस्कारयुक्त शिक्षामा जोड दिएको धारणा राखेका थिए ।

साथै निजि विद्यालयहरुले अव थप परम्परागत शैक्षिक प्रणाली लाई विस्थापित गर्दै आधुनिकताको प्रयोग सगै सक्षम र क्षतावान विद्यार्थी उत्पादन गर्नु पर्ने बिषयमा बक्ताहरुले जोड दिए ।

सो कार्यक्रममा जेष्ठ नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष रामकुमार कार्की, पुर्व वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ, समाजसेवी पुरण राई लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थीति रहेको थियो ।