इटहरी / इटहरीका चेतनाथ पौडेल (सिपि) नेपाल भर्सेज आयरल्यान्ड दुई देशिय सिरिजको लागि नेपाल राष्ट्रिय क्रीकेट टोलिमा मेनेजर मनोनयन भएका छन् ।
इटहरी मा रहेर बिगत २० वर्ष देखि क्रीकेट बिकास को लागि तल्लो तह देखि काम गरि रहेका पौडेल हाल सुनसरी जिल्ला क्रीकेट संघका अध्यक्ष पनि हुन ।
पौडेल नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्यहुन भने इटहरी उपमहानगरपालिकाले पनि उनलाई खेलकुद बिकास समिती सदस्य मनोनित गरेको छ ।
क्रीकेट को बिकास को लागिपर्ने पौडेलले नेपाल र नेपालीको सिर उच्च बनाउने गरि काम गर्ने बताए ।


