सुनसरी जिल्ला भलिबल संघको एघारौं साधारण सभा सम्पन्न भएको छ। सुनसरी जिल्ला भलिबल संघका कार्यवाहक अध्यक्ष ढुण्डिराज गुरागाइँको अध्यक्षता र जिल्ला खेलकुद समिति सुनसरी अध्यक्ष दिपक राईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ।

अधिवेशले ढुण्डि राज गुरागाइँको अध्यक्षतामा गठन भएको  समितिको उपाध्यक्षमा दिलिप श्रेष्ठ, महासचिवमा माधब सापकोटा, कोषाध्यक्षमा नवीन श्रेष्ठ र सदस्य हरुमा सबुरलाल चौधरी, अमन बस्नेत, देबेन्द्र गुरुङ, बुद्धि बहादुर कट्वाल सहित १३ सदस्यहरुको कार्यसमिति बनेको महासचिवमा माधब सापकोटाले बताए ।IMG-20240330-WA0039

कार्यक्रम सुनसरी का पुर्ब राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, कोच, रेफ्री, खेलाडी, खेलप्रेमीको उल्लेख्य उपस्थितमा सम्पन्न भएको थियो ।

 सुनसरीका बिभिन्न पालिकबाट प्रतिनिधित्व गर्दै १३ सदस्यीय पूर्ण कमिटी बनेकोमा कार्यसमितिको प्रमुख अतिथिले मुक्तकण्ठले प्रशंसा गरे। बैठकमा अध्यक्ष, सचिव र कोषाध्यक्षले हालसम्मको प्रगति प्रतिवेदन पेश गरेका थिए।

IMG-20240330-WA0038

छलफल र अन्तरक्रिया गरी प्रतिवेदन पारित गर्दै अगामी रणनीति र कार्यक्रमका लागि वार्षिक क्यालेन्डरअनुसार संघ अगाडि बढ्ने नव निर्वाचित अध्यक्ष ढुण्डि राज गुरागाइँ ले बताए ।

IMG-20240330-WA0024