पाँचथर । नेकपा (एमाले) पाँचथरको जिल्ला अध्यक्षमा विश्नु सापकोटा विमल सर्वसम्मत भएका छन् । अरु पदमा सहमतिको प्रयास भईरहेकाले घोषणा भने भएको छैन् ।

अध्यक्षमा मनोनय दर्ता गरेका मेघराज घिमिरेले फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् । सापकोटा यस अघिका कार्यवाहक अध्यक्ष थिए भने पूर्व जिसस प्रमुख हुन् । सचिव पदमा पृथ्वि लावतीको नाममा सहमति भएको छ । अर्का आकाक्षी विलास योङ्यले मनोनयन फिर्ता लिएका छन् ।

उपाध्यक्ष र उप सचिवमा सहमति हुन सकेको छैन्। कार्यकर्ता सहमती गर्न दबाव दिएका छन् । उपाध्यक्षमा नर बहादुर गुरुङ र विर बहादुर कुरुम्बाङ प्रतिस्पर्धा मा छन् ।

उपसचिवमा पुरुषतर्फ जेपि केरूङ र तुलसी थापा, महिला तर्फ कमला योङ्या र कौशिला आङ्देम्बे प्रतिस्पर्धामा छन् । शनिवार देखि एमाले पाँचथरको नवौँ अधिवेशन जारी छ |

पाँच खुल्ला सदस्यका लागि दश जना प्रतिस्पर्धामा छन् । कृष्ण ओझा, खगेन्द्र बाँस्कोट, देविभक्त मैनाली, नवराज घिमिरे, नेत्र चिमोरिया, पिताम्बर भटराई, बुद्धिमा स्याङदान, भजेन्द्र आर्चाय, राजकुमार आङ्देम्बे, बाबुराम कार्कि, राजु थाम्सुहाङ र विनोद आङ्देम्बे खुल्ला सदस्यका लागि प्रतिस्पर्धामा छन् । पदाधिकारी सहित ७० जनाको जिल्ला कमिटि बन्ने छ ।