भोजपुर / नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटि भोजपुरको दशौं पुर्ण बैठकको निर्णयअनुसार पार्टीको नवौं जिल्ला अधिवेशनका लागि बिभिन्न समितिहरु गठन गरिएको छ ।

एमाले भोजपुरको जिल्ला अधिवेशन आगामी बैशाख २० र २१ गते जिल्ला सदरमुकाममा हुदैछ । जिल्ला अध्यक्ष शरण कुमार राईको अध्यक्षतामा जिल्ला कमिटि सदस्य, नौ वटै स्थानीय तहका इन्चार्जहरु, भोजपुर नगर कमिटि अध्यक्ष रहेको मुल अधिवेशन आयोजक कमिटि गठन गरिएको छ । 

नवौं जिल्ला अधिवेशनका लागि बिभिन्न तयारी समितिहरुसमेत गठन भएका छन् । जस अन्तर्गत राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति संयोजक जिल्ला अध्यक्ष शरण कुमार राई, आर्थिक प्रतिवेदन लेखन समिति संयोजक .रमादेवी राई, प्रतिनिधि व्यवस्थापन समिति संयोजक ध्यानबहादुर राउतलाई बनाईएको छ ।

यस्तै खाना तथा आवास समिति संयोजक नविन प्रधान, प्रचार विभाग संयोजक एक्सन राई, आर्थिक संकलन समिति संयोजक इन्द्र थापार स्वयमसेवक प्रमुख संयोजकमा रेवती रमन थापालाई जिम्मा दिईएको जानकारी दिएको छ ।

नवौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि तिर्थ कुमार राईको संयोजकत्वमा उत्तम सिं राई, दावा तेन्जिङ शेर्पा, योगराज लुईटेल, भोला राई, खगेन्द्र राई र सम्झना प्रधान रहेको सात सदस्यीय निर्वाचन कमिटिसमेत गठन गरिएकोछ ।

जिल्ला अधिवेशमा भोजपुर जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकाको ८१ वडा, १८ वटा जनसंगठनबाट गरी करिब छ सय जना प्रतिनिधिको सहभागिता हुने अधिवेशनप्रचार विभागले जनाएको छ ।