इटहरी / नेपाली बिद्यार्थीहरूलाइ दक्षीण काेरीयाबारे उचित परामर्स सहित उनिहरूलाइ  राेजगार प्रदान गर्ने उद्येश्यले इटहरीमा सामुहिक छलफल सम्पन्न भएकाे छ । 

पछिल्लो समय उच्चशिक्षा अध्ययनका लागि बिद्यार्थीको रोजाईमा परेको छ दक्षिण कोरिया अरु देशको तुलनामा कम लागत गुणस्तरीय शिक्षा प्राप्त गर्नुका साथै पढाइ पछि प्रदान हुने उपयुक्त कामको अवसरले नेपाली विद्यार्थीको कोरियातिर आकर्षण बढ्न थालेको भन्दै ईटहरीमा रहेका बिभिन्न कन्सलटेन्सिहरु र काठमाडौंको खुसि इन्टरनेशनल कन्सलटेन्सि एण्ड एजुकेसन सेन्टरका प्रवन्ध निर्देशक अर्जुन भट्टराई बिच छलफल भएको छ । 

काठमडौं पछि आफ्नो शाखा झापाको बिर्तामोडमा सञ्चालन गर्दै आएको खुसी इन्टरनेशनल कन्सलटेन्सिले आगामि दिनहरुमा ईटहरीमा रहेका कन्सलटेन्सिहरु संग सहकार्य गरेर बिद्यार्थीहरुलाई उचित परामर्स दिदै बिद्यार्थीलाई कोरिया जान सहज बनाउन आफ्नो कन्सटेन्सिले भरपुर सहयोग गर्ने कन्सटेन्सिका प्रवन्ध निर्देशक भट्टराईले बताए । 

उनले अहिले धेरै जसाे नेपाली बिद्यार्थीहरूले अध्ययन संगै राेजगारका लागि  काेरीया राेज्ने गरेकाे बताए । स्टुडेन्ट भिषामा नेपाली बिद्यार्थी पठाउन पाइने भएकाे हुदा काेरीया देश पछिल्लाे समय राेजाइमा परेकाे प्रवन्ध निर्देशक भट्टराई बताउछन । अहिले सम्म काठमाडौं ,हेटौंडा र चितवनबाट  ५ सय देखि ७ सय बढी विद्यार्थी पठाइसकेको बताए । 

छलफलमा इक्यान पूर्वाञ्चल अध्यक्ष रविन्द्र निराैलाले सर्त अनुसार सहकार्य गरेर अघि बढन तयार रहेकाे बताए । धेरै जसाे बिद्यार्थीहरू भाषा नजान्दा अफ्ठेराेमा परेकाेले त्यस्ता विद्यार्थीहरूलाइ थप भाषाहरू सिकाएर अन्य बिधामा पनि प्रशिक्षण दिलाएर मात्र काेरीया पठाउनुपर्ने आकाश इन्स्सिचियुटका प्रवन्ध निर्देशक गोपाल निरौलाले बताए । छलफलमा इटहरी क्षेत्रका एक दर्जन बढी कन्सलटेन्सी सञ्चालकहरूकाे उपस्थिती रहेकाे थियाे ।