सुनसरी / राष्ट्रिय युवा संघ नेपाल कोशि प्रदेश कमिटिको कार्यालय इटहरीमा उद्घाटन भएको छ ।

इटहरी उपमहानगरपालिका वडा नं ६ हटिया लाइनमा भएको कार्यालय राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।     

IMG-20240404-WA0034

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका महासचिव सुमन पुरी, कोषाध्यक्ष राकेश राई, सुनसरी जिल्ला अध्यक्ष सुजन लामा लगाएत केन्द्रीय, प्रदेश, जिल्ला तथा नगर कमिटीका युवा हरुको उपस्थितिमा रहेको  थियो।

Screenshot_2024_0404_212458

कोशी प्रदेशमा युवा संघले राजनितिक तथा सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेकोले बिभिन्न कार्ययोजनाका साथ अघि बढ्ने बताउँदै अब सम्पुर्ण सांगठनिक कामहरु कार्यालय बाट अघि बढ्ने राष्ट्रिय युवा संघ नेपाल कोशि प्रदेश कमिटि अध्यक्ष अरूण गुरुङले बताउनुभयो ।

IMG-20240404-WA0017